असोज २० गते आइतबार, यस्तो छ तपाईंको राशिफल


मेष : धन लाभ, समस्या सुल्झने, मान–सम्मान होला तर बेलुकीपख केही कष्ट बेहोर्नुपर्ला ।

वृष : तपाईंका लागि दिन शुभ भएकाले धन प्राप्ति, परीक्षा, विजय, इज्जत–प्रतिष्ठा वृद्धि होला ।

मिथुन : सानै प्रयासमा कार्य सिद्धि, स्वास्थ्य लाभ, शत्रुमाथि विजय, सुख–शान्ति हुने देखिन्छ ।

कर्कट : पेट गडबड, अस्वस्थता हुन सक्छ । बेलुकीपख भने समय शुभ भएकाले स्फूर्ति बढ्ला ।

सिंह : धन प्राप्ति, प्रतिष्ठा बढ्ने देखिन्छ तर बेलुका पेटमा समस्या, विवादको सम्भावना छ ।

कन्या : तपाईंका लागि दिन शुभ छ । धन लाभ, सुख–सन्तोष, पराक्रम वृद्धि, प्रसन्नता होला ।

तुला : समय अनुकूल भएकाले अन्नलाभ, व्यापारिक सफलता, उपहार प्राप्तिको सम्भावना छ ।

वृश्चिक : व्यर्थमा धन र समयको खर्च हुन सक्छ । बेलुका शुभ समय भएकाले प्रसन्नता होला ।

धनु : शुरुमा मिष्ठान्न भोजन, द्रव्य लाभ, परिवार सुख होला । बेलुकीपख तनाव बढ्न सक्छ ।

मकर : समय उत्तम छ । स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ हुन सक्ने देखिन्छ ।

कुम्भ : दिन शुभ भएकाले राज्य सुख, कार्य सिद्धि, कामकाज सफल, प्रसन्नता हुने सम्भावना छ ।

मीन : सचेत रहनु बेस, धन नाश, कार्य असफल हुन सक्छ । बेलुका भने राज्यसुख, स्फूर्ति बढ्ला ।