सचिन तेन्दुलकरको कीर्तिमान कसले तोड्ला ?

0
Shares

टेस्ट क्रिकेटमा एकपछि अर्को कीर्तिमान राखेर विश्व क्रिकेटमा लिजेन्ड बनेका छन्, भारतीय क्रिकेटर सचिन तेन्दुलरकर । सचिनले टेस्ट र एक दिवसीय (वान डे) क्रिकेटमा राखेका कीर्तिमान सुरक्षित छन् । केही कीर्तिमान तोडिने अवस्थामा भएपनि केही यति छिटो शायदै तोडिएला । सचिनले सन् २०१२ मा ‘वान डे’बाट र सन् २०१३ मा टेस्टबाट संन्यास लिएका हुन् ।

सचिनका तोड्न गाह्रो पर्ने केही कीर्तिमान
सबैभन्दा बढी रन बनाएको
—टेस्ट क्रिकेटमा उनले १५ हजार ९ सय २१ रन बनाएका छन् । सन् २०१३ मा संन्यास लिएका सचिनले यो कीर्तिमान राखेको ११ वर्ष बितिसकेको छ र अझै पनि यो कीर्तिमान तोडिने सम्भावना देखिएको छैन । उनीपछाडि रहेका रिकी पोन्टिङ (१३ हजार ३ सय ७८ रन), ज्याक कालिस (१३ हजार २ सय ८९ रन), राहुल द्रविड (१३ हजार २ सय ८८ रन) र एलेस्टर कुक (१२ हजार ४ सय ७२ रन) ले संन्यास लिइसकेका छन् ।
— हाल क्रिकेटमा सक्रिय इंग्ल्यान्डका जोए रुट १२ हजार ४ सय २ रन बनाएर छैठौं स्थानमा छन् । उनले सचिनको कीर्तिमान तोड्नका लागि थप ३५ सय २० रन बनाउनुपर्नेछ । उनी हाल ३४ वर्षका भएकाले सचिनको कीर्तिमान तोड्न अझै केही वर्ष खेल्नका लागि फिट रहनु जरुरी छ ।
— इंग्ल्यान्डका जोए रुटपछाडि रहेका १२ खेलाडी पनि संन्यास लिइसकेका छन् । रुटपछाडि रहेका १३औं खेलाडी विराट कोहली हाल खेलिरहेका छन् । उनले आठ हजार आठ सय ७१ रन बनाएका छन् । हाल उनको उमेर करिब ३५ वर्ष पुगिसकेको हुँदा उनले सचिनको कीर्तिमान तोड्नसक्ने संभावना देखिएको छैन ।
सबैभन्दा बढी खेलेको
—सचिनले सबैभन्दा बढी अर्थात् २०० टेस्ट खेलेका छन् । सचिनपछाडि रहेका जेम्स एन्डरसन (१८८ टेस्ट) ले पनि हालै संन्यास लिइसकेका छन् । सर्वाधिक टेस्ट खेलेको सूचीमा उनीपछि रहेका १० जना खेलाडीले संन्यास लिइसके । यसैले यो कीर्तिमान पनि ११ वर्षदेखि सुरक्षित छ । ११ औं खेलाडीमा इंग्ल्यान्डका जोए रुट छन् । १४६ टेस्ट खेलेका उनी सचिनभन्दा ५४ टेस्टले पछाडि छन् । यस्तै, हाल सक्रिय रहेका विराट कोहलीले ११४ टेस्ट खेलेका छन् । सचिनको रेकर्ड तोड्न उनलाई ८७ टेस्ट खेल्नुपर्ने हुन्छ । उनलाई पनि उमेरकै कारण सचिनलाई उछिन्न गाह्रो पर्ने पक्का छ ।
सर्वाधिक सेन्चुरी (शतक)
—उनले टेस्टमा ५१ सेन्चुरी प्रहार गरेर राखेको कीर्तिमानलाई उनीपछि सर्वाधिक सेन्चुरी प्रहार गर्ने दक्षिण अफ्रिकाका ज्याक कालिसले तोड्न सम्भावना देखिएको थियो । तर, उनले पनि ४५ सेन्चुरी बनाएर संन्यास लिइसके । कालिसपछिका धेरैजसो खेलाडीले पनि संन्यास लिइसकेका छन् । हाल सक्रिय रहेका खेलाडीमा रुटले ३४ र विराटले २९ शतक प्रहार गरेका छन् । लगातार शतक प्रहार गर्नसके मात्रै यी दुईमध्ये एकले सचिनको कीर्तिमान तोड्न सक्छन् ।तर, त्यो सम्भावना पनि कमै देखिन्छ ।
‘वान डे’मा सर्वाधिक रन
टेस्टमा जस्तै वान डेमा पनि सचिन अगाडि छन् । सन् २०१२ मा संन्यास लिएका उनले वान डेमा १८ हजार चार सय २६ रन बनाएका छन् । दोस्रो स्थानमा रहेका श्रीलंकाका कुमार सांगकाराले १४ हजार दुई सय ३४ रन बनाएर संन्यास लिइसकेका छन् । तेस्रो स्थानमा रहेका विराटले १३ हजार ९ सय ६ रन बनाएर सचिनको रेकर्ड तोड्ने संभावना देखाएका छन् । तर, सचिन अझै उनीभन्दा चार हजार पाँच सय २० रनले अगाडि छन् । ्
एक कीर्तिमान तोडियो
सचिनको एक कीर्तिमान भने हालै तोडिएको छ । यो कीर्तिमान हो, वान डेको सर्वाधिक ४९ शतक । सचिनले सन् २०१२ मार्चमा बंगलादेशविरुद्ध ४९ औं शतक प्रहार गरेका थिए । त्यसको ११ वर्षपछि विराटले ५० औं शतक प्रहार गरेर सचिनको यो कीर्तिमान तोडेका हुन् । अहिले विराट वान डेमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नुका साथै वान डेमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।
तर, वान डेमा वेस्ट इन्डिजका डेसमेन्ड हायन्सले बनाएको १७ शतक सर्वाधिक संख्या भएकाबेला सचिनले सन् १९९८ मा यो कीर्तिमान तोडेका थिए । विराटले नतोडुन्जेल सचिनको वान डेमा सर्वाधिक शतक प्रहारको कीर्तिमान झण्डै २५ वर्षसम्म सुरक्षित रह्यो ।

स्थानीय सरकार गठन पक्रिया
संविधानबमोजिम स्थापना हुने गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति स्थानीय सरकार हुन् । नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनपश्चात् बन्ने स्थानीय सरकारको गठनका प्रक्रिया निम्नानुसार छन् ः
–गाउँ कार्यपालिका
गाउँसभाको निर्वाचनको अन्तिम परिमाण प्राप्त भएको मितिले भएको १५ दिनभित्र गाउँ कार्यपालिकाको गठन हुनेछ । जसमा गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित गाउँपालिका वडा अध्यक्ष र गाउसभाका सदस्यले निर्वाचित महिला सदस्यबाट चारजना, दलित वा अल्पसख्यक समुदायवाट दुईसमेत समावेश गरी कार्यपालिका गठन हुनेछ । दलित वा अल्पसख्यक समुदायको दुईजना उम्मेद्वार गाउँसभाका सदस्यभन्दा बाहिरबाट मनोनीत गरिनेछ । गउँपालिकाको अध्यक्ष नै कार्यपालिकाको अध्यक्ष हुने व्यवस्था छ ।
–नगरकार्यपालिका
नगरसभाको निर्वाचनको अन्तिम परिमाणप्राप्त भएको मितिले भएको १५ दिनभित्र नगरकार्यपालिकाको गठन हुनेछ । जसमा नगरप्रमख, उपप्रमुख, वडा अध्यक्षहरू, नगरसभाका सदस्यमध्येबाट निर्वाचित पाँचजना महिला सदस्य, दलित वा अल्पसख्यक समुदायबाट तीनसमेतको कार्यपालिका गठन हुनेछ । दलित वा अल्पसख्यक समुदायका तीनजना उम्मेद्वार नगरसभाका सदस्यभन्दा बाहिरबाट मनोनीत गरिनेछ । नगरसभाको अध्यक्ष नै नगरकार्यपालिकाको अध्यक्ष हुने व्यवस्था छ ।
–जिल्लासभा र जिल्ला समन्वय समिति
सम्बन्धित जिल्लामा रहेका स्थानीय तह प्रमुख÷उपप्रमुख सम्मिलित एक जिल्लासभा गठन हुनेछ । गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिमाण प्राप्त भएको मितिले तीन दिनभित्र जिल्लासभाको पहिलो बैठक बस्नेछ । समन्वय समितिका लागि गाउँसभा र नगरसभाका सदस्यले उम्मेद्वारी दिन पाउनेछन् । जिल्ला समन्वय समितिमा उम्मेद्वारी दिने गाउँसभा वा नगरसभाको सदस्यको पद स्वतः रिक्त हुन्छ । जिल्ल्ला समन्वय समितिको निर्वाचनमा मत दिने अधिकार भने जिल्लासभाका सदस्यलाई मात्रै हुनेछ । जिल्ला समन्वय समितिले गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणमा सन्तुलन कायम गर्ने, अनुगमन गर्ने र संघ, प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने काम गर्छ । निर्वाचनमार्फत प्रमुख एक, उपप्रमुख एक, महिला सदस्य तीन, दलित वा अल्पसंख्यक एकसहित बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समिति गठन हुनेछ ।