धादिङका २६ विद्यालय पहिरोले पुर्याे, पठनपाठन बन्द

33.18k
Shares

धादिङ ।

भीषण वर्षाले पहिरो लडेका कारण विद्यालयमा समेत ठूलो क्षति पुगेको छ । गजुरी, बेनिघाटराेराङ र थाक्रे गाउँ पालिकामा २६ विद्यालयमा क्षति पुगेको छ । 

लगातारको वर्ष र त्यपछिको पहिरोले दक्षिणी धादिङको थक्रेमा ३, बेनिघाटरोराङमा १० र गजुरी गाउँपालिकामा १३ विद्यालयमा क्षति पुर्याएकाे हो । 

असोज १०, ११, र १२ गतेको वर्षले जताततै पहरो लडेपछि विद्यालयमा समेत पहिरो लडेका कारण १० विद्यालयलाई क्षति पुर्‍याएको छ भने  ४ विद्यालयको पठन पाठन समेत बन्द गर्नु पर्ने अवस्था आएको छ ।

बेनिघाटरोराङ वडा नम्बर ८ को सूर्योदय आधारभूत विद्यालय, बेनिघाटरोराङ वडा नम्बर ४ मा रहेको बेलडाडाँ कालिका आधारभूत विद्यालय भवन अगाडी पछाडिबाट पहरो लडेका कारण पठन पाठन बन्द भएको छ ।

बेनिघाटरोराङ वडा नम्बर २ को सीतामाइ आधारभूत विद्यालयको छानामा ठूलो रुख लडेर थिचेको छ भने कक्षाकोठामा बस्न नसकिने अवस्था आएको छ ।

बेनिघाटरोराङ वडा नम्बर ४ को जनजागृति सिद्ध आधारभूत विद्यालय विद्यालय दुबैतर्फबाट पहिरो लडेकोले पठन पाठन बन्द भएको ।

बेनिघाटरोराङ गाउँपालिकामा १० विद्यालयलाई पहिरोले क्षति पुर्‍याएको र विद्यालयहरु बन्द समेत भएकोले प्रदेश सरकार र पालिका सरकारलाई तथ्याङ्क समेत उपलब्ध गराइसकेको बेनिघाटरोराङ गाउँपालिका शिक्षा शाखाका प्रमुख बोधराज पाठकले जानकारी दिए ।

हर्कपुर मावि, कुनचुरुङ आवि, भँगेरी आवि, बेलडाडाँ कालिका आवि, वागेश्वरी आवि, धुषा आवि, वितेश आवि, र सूर्योदय आविको कम्पाउण्ड वाल लडेको छ भने, विद्यालय जानै नसक्नेगरि अगाडी पछाडिबाट पहिरो लडेको छ।

यसैगरि गजुरी गाउँपालिकाको १३ विद्यालयलाई पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले क्षति पुर्याएका केही विद्यालयमा भने पठन पाठन गर्नै नसकिने अवस्था आएको छ । एक जना विद्यार्थीको गजुरी गाउँपालिकामा ज्यान गएको छ ।

नवज्योति आधारभूत विद्यालयको भवनमै क्षति पुगेकोले पठनपाठन बन्द गरिएको छ । वागेश्वरी आधारभूत विद्यालय गजुरी गाउँपालिका वडा नम्बर ३ को भवन चर्केको र अन्य विद्यालयको सबै कम्पाउण्ड वाल पहिरोले लडेको गजुरी गाउँपालिका शिक्षा शाखा प्रमुख सन्तोष पौडेलले जानबारी दिएका छन् । थुम्कीडाँडा  माविका कक्षा १ मा अध्यायनरत विद्यार्थीको मृत्यु भएको छ ।

किराञ्चोक कटुन्जे मावि, छेपाङ मावि, वागेश्वरी आधारभूत विद्यालय गजुरी गाउँपालिका वडा नम्बर ७ किरा १ चोक मावि, केउरीनी आधारभूत विद्यालय, वागेश्वरी आवि गजुरी गाउँपालिका वडा नम्बर ३, बतासे आवि, पिण्डेश्वरी आवि, रिठ्ठाबोटे आवि, जुनतारा आविको कम्पाण्ड वाल भत्केको, विद्यालयमा लेदो जमेको र पहिरोले विद्यालयको केही भाग चर्केको विद्यालयहरुले जानकारी गराएको पौडेलको भनाइ छ ।

बाढी पहिरोपछि विद्यालयमा क्षति पुगेको र लगत्तै दशैँ आएका कारण विद्यालय नियमित रुपमा बन्द हुनै लाग्दा विपद्का कारण बिदा भएपनि दशैँ पछि धेरै विद्यालय मर्मत नगरी बस्न र पढाउन नमिल्ने अवस्थामा पुगेको छ । केही विद्यालयको कक्षाभित्र पस्नका लागि समेत डराउनु पर्ने अवस्था आएको छ । 

थाक्रे गाउपालिकनकाे लितिमहांकाल मावि, उजुवादेवी आवि र  शिलादेवी आविमा क्षति पुगेकोले यसलाई बाहिरबाट संरक्षण गर्ने कार्यक्रम ल्याउन विद्यालयहरुले अनुरोध गरेको थाक्रे गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्काले बताए ।

लितिमहांकाल माविमा २ सय ९१ जना विद्यार्थी रहेको अवस्थामा विद्यालय आउन समेत विद्यालयको पर्खाल लडेर खोलातिर पुगेका कारण विद्यालयमा विद्यार्थी आउन नसक्ने भएकोले विद्यालय नै बन्द भएको र छिटो संरक्षण गर्ने कार्यक्रम ल्याएर विद्यालय भवन जोगाउन विद्यालयका प्रधानाध्यापक ओमप्रसाद सापकोटाले बताए ।