मनकामना केबलकार दुई दिन बन्द हुने


काठमाडौँ।

मनकामना केबलकार सेवा दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । केबलकार नियमित सेवा असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ ।

२०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।