स्कुल बसकाे ठक्करबाट बालककाे मृत्यु


नवलपरासी। 

पूर्वी नवलपरासीमा स्कूलबसकाे ठक्करबाट १ बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा कावासाेती नगरपालिका १ निवासी यम पाैडेलका छाेरा २२ महिनाका सम्राट पाैडेल रहेकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद बहादुर पौडेलले बताए ।

स्थानीय छहारी चाेक स्थित भित्री सडकमा ना १ क ५८१७ नम्वर गण्डकी बाेर्डिङकाे बसले ठक्कर दिई गम्भीर घाइते भएपछि स्थानीय नवलपुर अस्पतालमा उपचारका क्रममा उनको  मृत्यु भएको थियाे ।

प्रहरीले बससहित चालक शिव च्वाईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।