सुनको मूल्यमा नयाँ कीर्तिमान


काठमाडौं ।

शुक्रवार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । 

आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । 

यस अघि असोज ११ गते सुनको मूल्य  एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । 

त्यस्तै हिजो बिहीबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य  ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।