हात्तीको आक्रमणबाट माउतेको मृत्यु


नवलपरासी ।

चितवनमा हात्तीको अक्रमबाट १ जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका ७ स्थित खोरसोर नजिकै जङ्गली हात्तीको आक्रमणबाट बिहीबार माउतेको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नं.६ घर भई हात्ती प्रजनन केन्द्र खोरसोरमा कार्यरत  ३६ वर्षीय जग्दु सिंह रहेका छन्।

सिंहलाई नजिकैको बद्रेनी बजारबाट सामान लिएर फर्किर्दै गर्दा खोरसोर ईलाका नजिक सिमलको बोट मुनि लुकेर बसेको जङ्गली हात्ती गोविन्देले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको हो।

सिंहसँगै बजार गई फर्केका अर्का साथी भने भागेर  बच्न सफल भएको चितवन राष्ट्रिय निकुञ्ज स्रोतले जनाएको छ।