विद्यार्थी जीवनमै उद्यमशील भई अर्बपति बने


हामी अक्सर सोच्दछौं पढाइ सकिएपछि आफ्नो लक्ष्यमा प्रवेश गर्ने छौं अनि त्यसपछि हामीलाई सफलता प्राप्त हुनेछ । तर, कतिपयका लागि त्यो सफलता विद्यार्थी जीवनमै हात पर्छ ।
एउटा स्पष्ट र सरल विचार, जोश, लगनशीलता र आफ्नो उद्देश्यमा दृढ भई लाग्नेहरू विद्यार्थी जीवनमैै सफल उद्यमी बन्न सफल भएका घटना विश्वमा कयौं छन् । तिनीहरूको सफलता युवा र वृद्ध दुवैको लागि प्रेरणादायी छ । बास्तवमा कलेज जीवनमा केबल पढाइ र रमाइलो गर्ने होइन । सफलताको सिढीँ चढ्ने माध्यम पनि हो भन्ने त्यस्ता व्यक्तिहरूको जीवनबाट बुझ्न सकिन्छ । उनीहरुले दिमागमा लक्ष्य बोकेर कलेजमा आएका थिए । यद्यपि, उनीहरूलाई आफ्नो करिअर सुरु गर्न स्नातक वा डिग्रीको क्याप आवश्यक परेन ।

सफलता प्राप्त गर्न कुनै उमेर वा डिग्रीले रोक्दैन । तपाईंलाई धेरै काम गर्न लागि अभिभावकको अनुमति चाहिन्छ । तर, सफलता पाउनका लागि अनुमति आवश्यक पर्दैन । कलेज जीवनमै आफ्नो व्यवसायको साम्राज्य विस्तार गर्न सफल केही व्यक्तिको यहाँ चर्चा गरिएको छ ।

म्याट मुलेनवेग र माइक लिटिल
म्याट मुलेनवेग र माइक लिटिल भर्खरै कलेज प्रवेश गरेका थिए । त्यसैबेला उनीहरूले आफ्नो छात्रावासको कोठाभित्रबाट वर्डप्रेस नामक एउटा सानो कम्पनी स्थान गरे । जसबाट इन्टरनेटमा निःशुल्क प्रकाशन गर्ने प्लेटफर्मको शुरुवात गरिएको थियो । वर्डप्रेस अहिले इन्टरनेटमा हुने सबै वेबसाइटहरूको ४० प्रतिशत हिस्सेदार बनेको छ । इन्टरनेटमा वेबसाइटहरूको संख्यालाई विचार गर्दा, त्यो एक आश्चर्यजनक रकम हो ।

क्याथरिन कुक
एक महिला उद्यमीका लागि उनी धेरै प्रेरणादायक छिन् । उनले पनि किशोरावस्थामै व्यवसाय सुरु गरेकी थिइन । दाइको व्यवसाय सफल भएको देखेपछि हाई स्कूलमा छँदा उनले पनि व्यवसाय शुरू गरेकी थिइन् । कुकले फेसबुक जस्तै तर हाईस्कूलका लागि माई इयरबुक नामक कम्पनी सुरु गरिन । त्यो अहिले मिटमी एपमा परिणत भई विश्व प्रसिद्ध छ । कम्पनी सुरु गरेको छ वर्षपछि उनले यसलाई एक सय मिलियन डलरमा बेचेकी थिइन् ।

कोरिन ट्यान
अर्की सफल महिला कोरिन ट्यान पनि विद्यार्थी जीवनमा नै उद्यमी भएकी हुन् । २१ वर्षको उमेरमा उनले कोना नामक एसियाली–अमेरिकी प्लेटफर्मको सिर्जना गरिन् । उनले सन् २०१९ मे मा कोनाको स्थापना गरेकी थिइन् । कलेजमा अध्ययन गर्दा टेक स्टार्टअप बारेले कसैले नचाहेको उपकरण निर्माण गर्ने प्रयास गरिरहेको थियो । उनको कम्पनी कोरोना महामारीका बेला अझै फस्टायो ।

म्याट ग्रोनबर्ग र सैम चेसन
व्यापार साझेदार म्याट ग्रोनबर्गलाई भेट्नु अघि सैम चेसन एकल व्यवसायमा थिए । दुबैले वेक फरेस्ट युनिभर्सिटीमा उनीहरूको छात्रावासलाई अस्थायी गोदामको रूपमा प्रयोग गरी व्यवसाय शुरु गरेका थिए । छात्राबासमा सामान राखेर ट्रक भाडा लिई डेलिभरी गर्न शुरू गरेको यो जोडीलाई सन् २०२२ मा एबीसीको शार्क ट्यांकमा चित्रित गरिएको थियो । उनीहरू केही वर्षभित्र विश्वव्यापी रूपमा सामान भण्डारण र डेलिभरीको स्थापित ब्रान्ड बन्ने योजना छन् ।

टिम केक र क्रिस जॉनसन
द ओनियन केक र जोन्सन नामक कलेज अखबारका संस्थापकहरू टिम केक र क्रिस जॉनसनले सन् १९८० को दशकमा विस्कन्सिन विश्वविद्यालयमा अध्ययन सुरु गरेका थिए । विस्कन्सिनमा प्रकाशित हुने व्यंग्य लेख, कार्टुन र छोटो कथा चर्चित भयो । द ओनियनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कथा प्रकाशित गर्दछ । तर, केही वर्षयता छापिएको छैन । तथापी, यसले वेबसाइट र भिडियो उत्पादनमा केन्द्रित भएको छ । कम्पनीले समयको मागसँगै डिजिटल प्लेट फर्ममा प्रवेश ग¥यो । जुन धेरै प्रभावशाली छ । यसका लेखक, रचनाकार, र क्यारिकेचर विश्वप्रसिद्ध भएका छन् । जसबाट उनीहरूले मनग्गे आम्दानी गरिरहेका छन् ।

स्टीव हफम्यान र एलेक्सिस ओहानियन
रिडडिट विश्वमा सबैभन्दा धेरै हेरिने वेवसाइटमध्ये पर्छ । यो सन् २००५ मा दुई कलेज विद्यार्थी स्टीव हफम्यान र एलेक्सिस ओहानियनले स्थापना गरेका थिए । यो जोडीले मानिसलाई आफ्ना विचार राख्न र विभिन्न विषयमाथि छलफल गर्ने तरिकाको रूपमा रमाइलोको लागि स्थापना गरेको थियो ।
यसबाट धेरै मानिसलाई फाइदा भएको छ । त्यसमा सहभागी हुन मानिस इच्छुक छन् । सन् २०२२ मा यसका १ दशमलव ७ बिलियन आगन्तुकले साइट भिजिट गरेका थिए ।

सुसान ग्रेग कोगर र एरिक कोगर
मोडक्लथका संस्थापकद्वय सुसान ग्रेग कोगर र एरिक कोगर व्यापार साझेदार मात्र होइनन् । उनीहरू हाई स्कूलदेखिकै प्रेमी हुन् । उनीहरूले सन् २००२ मा मोडक्लोथको लागि अवधारणा ल्याएका थिए । मूल रूपमा यो साइट पुरानो लुगा पुनः बिक्री गर्न प्रयोग गरिएको थियो । पुरानो पोशाक र किफायती किनमेलका लागि यो सबैभन्दा लोकप्रिय अनलाइन खुद्रा बिक्रेतामध्ये एक हो । हाल कम्पनीमा ३५० भन्दा बढी कर्मचारीहरू छन् । लसएन्जलसमा अवस्थित यस कम्पनी वर्षौंदेखि वालमार्टद्वारा खरिद र बिक्री गरिएको छ ।