फक्सटेल अर्किड

0
Shares

फक्सटेल अर्किड, वैज्ञानिक नाम Rhynchostylis Retusa, अर्किड परिवारको एक सुन्दर र विशेष प्रजाति हो। यसलाई नेपालमा घोगेगावा भनेर पनि चिनिन्छ। यो मुख्यतया दक्षिण एशियाका भारत, बंगलादेश र थाइल्यान्डमा पाइने भए पनि हाम्रै वरपरका धुपीका रुखमा आफैं फुलिरहेको देख्न सकिन्छ। प्राकृतिक सौन्दर्यको प्रतीक यो अर्किडको हेरचाह गर्न सजिलो छ। यदि तपाईं फूलप्रेमी हुनुहुन्छ भने यो ओर्किड तपाईंको बगैँचामा पनि हुनुपर्छ।

विशेषता
– फक्सटेल अर्किडका फूलहरू सुगन्धित हुन्छन् र सामान्यतया सेतो, पहेँलो वा छिरबिरे बैजनी रंगका हुन्छन्। यसको आकर्षकस्वरूप र सुगन्ध यसका विशेषता हुन्।
-यसलाई बास्केटमा पनि रोप्न सकिन्छ। कुनै पोटिङ मिडियाबिना पनि यो राम्रोसँग बढ्न सक्छ। यसलाई मधुरो प्रकाश र नियमित पानीको आवश्यकता पर्दछ।
-यो सुखा मौसममा फुल्छ। त्यतिबेला यसमा पानीको मात्रा घटाउनुपर्छ।

रोपण र हेरचाह
फक्सटेल अर्किडको हेरचाह गर्न सजिलो छ। यसलाई घाम र पर्याप्त पानीको आवश्यक्ता पर्दछ।

महत्व
फक्सटेल अर्किड भारतको आसामको राज्य फूल हो। यसले सांस्कृतिक र वातावरणीय महत्व पनि राख्दछ। यसको सुन्दरता र सुगन्धले मानिसलाई आकर्षित गर्दछ र बगैँचामा सजावटका लागि यो उत्तम विकल्प हो।