सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मुल्य १० रुपैयाँले बढेर १९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।