बाबर आजमले दिए पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा


काठमाडौं ।

पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्। आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन्।

उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउदै आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन्।

बाबर आजमले भनेका छन्- ‘म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ।’

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउदै उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन्। उनले भनेका छन्- हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु।’

पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो।