काठमाडौं ।
नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ। सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल, दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो। नेपालको यस सिरिजमा यो अन्तिम खेल हो ।
ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ। नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी-२० खेल भएका छन्, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन्।











प्रतिक्रिया