प्रधानन्यायाधीशमा प्रस्तावित राउतको संसदीय सुनुवाइ आज 


काठमाडौं ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको  सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा आज संसदीय सुनुवाइ हुने भएको छ। समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरूसँग मंगलबार छलफल गरेको छ।

राउतविरुद्ध ६ वटा उजुरी परेका छन्। गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो।

समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो।  बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्य योजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ।