बुधबारदेखि पुनः वर्षाको सम्भावना


काठमाडौं ।

बुधबारदेखि पानी पर्ने क्रम फेरि सुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबारदेखि फेरि दुई दिन लगातार झरी परे पनि शुक्रबार र शनिबारको जस्तो भयानक हुने अवस्था नदेखिएको मौसमविद्हरुले बताएका छन् ।

यस वर्ष मनसुन लम्बिने देखिएको छ। नेपालबाट असोज १६ (अक्टोबर २) मा मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको मौसमविद्ले बताएका छन् । फुलपातीपछि मात्रै नेपालबाट मनसुन बाहिरिन सक्ने बताइएको छ। मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ।