सुनचाँदीको मूल्य घट्यो 


काठमाडौं ।

मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।