आफैँले बोकेको पेस्तोल पड्किएर बलिउड अभिनेता गोविन्दा घाइते


एजेन्सी ।

बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ। मंगलबार आफैँले बोकेको पेस्तोल पड्किएर गोली लाग्दा उनी घाइते भएका हुन्।  घरमा पेस्तोल सफा गरिरहेको अवस्थामा एक्कासि गोली चलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गोविन्दाका प्रबन्धकले उक्त पेस्तोल लाइसेन्स प्राप्त भएको बताएका छन् । पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको उनको भनाइ छ। त्यस लगत्तै उनलाई अस्पताल लगिएको र डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेको बताइएको छ। अहिले उनी स्वस्थ रहे पनि अझै केही दिन अस्पतालमै रहने छन् ।