त्रिकोणात्मक टी-२० सिरिज : क्यानडाको सामना गर्दै नेपाल


काठमाडौं ।

नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज क्यानडाको सामना गर्दै छ। क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ।

शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको थियो। क्यानडा नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ। सिरिजको दोस्रो खेलमा ओमानलाई ३७ रनले पराजित गरेको नेपाल क्यानडासँग हारको बदला लिने योजनामा छ।

त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ। यस सिरिजमा नेपालले अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका छ।