एमाले सचिवालय बैठक आज बस्दै


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११: ०० बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए।

उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए।