टेमेनोस र बाहवान साइबरटेक साझेदारीबाट लाभान्वित हुँदै नेपाल


काठमाडौं ।

ग्लोबल ब्यांकिङ सफ्टवेयर कम्पनी टेमेनोसले डिजिटल ट्रान्सफर्मेसन फर्म बाहवान साइबरटेक (बीसीटी) सँग बहु–देशीय मोडेल ब्यांक विकास सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालका वित्तीय संस्थाहरू महत्वपूर्ण प्राविधिक स्तरोन्नतिको लागि तयार छन्।

यस साझेदारीले टेमेनोस कन्ट्री मोडेल ब्याङ्कहरूको विकास र बजारीकरण गर्ने लक्ष्य राखेको छ । जसले पूर्व९आकार दिइएको ब्यांकिङ कार्यक्षमता र देश – विशिष्ट स्थानीयकरणलाई प्रस्तावित गर्दछन् । सम्झौताले स्थानीय वित्तीय संस्थाहरूको लागत र जोखिमलाई कम गर्दै उन्नत ब्यांकिङ समाधानहरू तीव्रतासँग कार्यान्वयन गर्ने वाचाका साथ नेपाल लगायत धेरै एसियाली देशहरूलाई समेटेको छ । यस सहयोगले नेपाली ब्याङ्कहरूको आधुनिकीकरणलाई समर्थन गर्नका लागि बीसीटीका ४,५०० उत्पादन इंजीनियरिंग एवं डिजिटल सेवा विशेषज्ञहरूको नेटवर्कको लाभ लिनेछ।

बीसीटी नेपालको ब्यांकिङ क्षेत्रका विशिष्ट आवश्यकताहरूलाई पूरा गर्न टेमेनोस मोडेल ब्यांकहरूलाई थप विस्तार गर्दै स्थानीयकृत कार्यक्षमता विकासक् गर्न लगानीका लागि प्रतिबद्ध छ।

यो सम्झौता २०२२ मा हस्ताक्षरित टेमेनोस र बीसीटी बीचको अघिल्लो रणनीतिक साझेदारीमाथि आधारित छ, जसले अघिबाटै नेपाललाई समेटेको छ। विस्तारित सहकार्यले नेपालको वित्तीय सेवा परिदृश्यको डिजिटल रूपान्तरणलाई गति दिने अपेक्षा गरिएको छ, जसले स्थानीय ब्यांकहरूलाई थप नवीन र ग्राहक केन्द्रित ब्यांकिङ अनुभवहरू प्रदान गर्न सक्षम बनाउँछ।

टेमेनोसका प्रमुख राजस्व अधिकृत विलियम मोरोनीले नेपालजस्ता देशहरूका लागि हुने फाइदाहरूमाथि जोड दिँदै भने कि ‘यस साझेदारीले यी बजारहरूमा वित्तीय संस्थाहरूलाई अधिक तीव्रता र गतिशीलताका साथ नवीन र ग्राहक केन्द्रित ब्यांकिङ अनुभवहरू प्रदान गर्नमा सक्षम बनाउँछ र लागतको जोखिमलाई घटाउनेछ।’

नेपालले आफ्नो वित्तीय पूर्वाधारको आधुनिकीकरण गर्न जारी राख्दा, टेमेनोस र बीटीसीबीचको यो साझेदारीले नेपाली ब्यांकहरूलाई क्लाउड -नेटिभ प्रविधि अपनाउन र उनीहरूको डिजिटल क्षमताहरू बढाउन मद्दत गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ र सम्भावितरूपमा नेपाली नागरिकहरूका लागि वित्तीय सेवाहरूमा सुधार ल्याउन सक्छ।