असोज १५ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल


मेष : शुरुमा धन हानि, कष्ट नहोला भन्न सकिन्न तर बेलुकीपख भने सफलता प्राप्ति हुने देखिन्छ ।

वृष : दिन त्यति शुभ नहुँदा वायुजन्य विकार, धन हानि, सन्तान–कष्ट हुने सम्भावना देखिन्छ ।

मिथुन : पैसा प्राप्ति, उन्नति हुने देखिन्छ । बेलुका भने स्वास्थ्य बाधा चिन्ता नहोला भन्न सकिन्न ।

कर्कट : धन नाश, अस्थिरता हुन सक्छ । बेलुकीपख भने द्रव्य लाभ, मान–सम्मान हुने देखिन्छ ।

सिंह : उत्तम भोजन, कार्य सफल होला तर बेलुका अस्थिरता हुनुका साथै खर्च बढ्न सक्छ ।

कन्या : अस्वस्थता, चोटपटकको भय होला । बेलुकाको समय भने अनुकूल छ, समस्या सुधार होला ।

तुला : लाभ र मिष्ठान्न भोजनको सम्भावना छ । बेलुका अस्वस्थता वा कष्ट हुने सम्भावना छ ।

वृश्चिक : तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, आत्मसन्तुष्टि, सेवा वा आर्थिक लाभ होला ।

धनु : बाधा–व्यवधानको सम्भावना भए पनि बेलुकीपख भने सुख–सन्तोष, कार्य सिद्धि हुने देखिन्छ ।

मकर : सजग रहनुहोला । रोगको भय, धन हानि, राज्यबाट अपयश हुने सम्भावना देखिन्छ ।

कुम्भ : धन लाभ, कार्य सफलता होला । बेलुका भने अवरोध एवं अस्वस्थता र खर्च हुन सक्छ ।

मीन : समय बलवान् छ । आर्थिक लाभ, पठनपाठनमा सफलता, विजय, समस्याको समाधान होला ।