नेपालमा पहिलो पटक महिला भलिबल फ्रेन्चाइज लिग

0
Shares

काठमाडाैं ।

नेपालमा पहिलो पटक भलिबलमा फ्रेन्चाइज लिग शुरू भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फ्रेन्चाइज लिग महिला भलिबलतर्फको प्रतियोगिता हो । इन्फिनिटी ड्रिम्सले महिला सशक्तीकरण भन्दै महिला भलिबल आयोजना गर्न लागेको हो ।

‘अब पालो महिलाको’ भन्ने नाराका साथ ईडब्लुभीएल (एभरेष्ट वुमेन भलिबल लिग) आयोजना हुँदैछ । यसले नेपाली भलिबललाई व्यावसायिक रूपमा अगाडि बढ्ने विश्वास गरिएको छ । यही असोज १९ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिम सामेल रहेका छन् । यी टिम मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स, कर्णाली यस्विस हुन् ।
टिममा नेपाली र विदेशी खेलाडी समावेश गरिएको छ ।

नियमअनुसार हरेक टिममा १२ खेलाडी हुनेछन् । हरेक टिमले एक मार्की खेलाडीसहित ड्राप्टबाट ८–८ खेलाडी अनुबन्ध गरेका छन् । ट्यालेन्ट हन्टबाट ६ खेलाडीले खेल्ने अवसर पाएका छन् । त्यसमा ३ विदेशी खेलाडी अनिवार्य हुनेछन् । तर, गण्डकी थन्डर्ससँग चार विदेशी खेलाडी छन् ।


विदेशी खेलाडीको आगमनले प्रतियोगितामा प्रतिस्पर्धा बढ्ने र रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । प्रतियोगितामा खेल्न अमेरिका, रसिया, भारत, बुल्गेरिया, ग्रिस, काजकस्तान, ट्युनिसिया र थाइल्यान्डका खेलाडीले खेल्नेछन् । यो प्रतियोगितामा नेपालसहित ९ राष्ट्रका १९ विदेशी खेलाडी अनुबन्ध भएका छन् ।

सबैभन्दा धेरै खेलाडी ५ खेलाडी भारतबाट रहेका छन् । उनीहरू सबै भारतीय राष्ट्रिय टोलीका हुन् । टर्की, रसिया र थाइल्यान्डका समान ३-३ खेलाडी छन् । अमेरिका, ग्रिस, बुल्गेरिया, ट्युनिसिया र काजकस्तानका समान १ खेलाडी छन् ।
मधेश युनाइटेडले समान काजकस्तान, ट्युनिसिया र भारतीय खेलाडी अनुबन्ध गरेको छ । चितवन शक्तिले भारतका २ खेलाडी सूर्या र केपी अनुश्री अनुबन्ध गरेको छ ।

गण्डकीले भारत र रसियाका समान २ खेलाडी अनुबन्ध गरेको छ । यस्तै, ललितपुरमा तीनै जना खेलाडी थाइल्यान्डका छन् । काठमाडौं स्पाइकर्सले टर्कीका २ र बुल्गेरियाका १ खेलाडी अनुबन्ध गरेको छ । कर्णालीले अमेरिका, ग्रिस र टर्कीका खेलाडी अनुबन्ध गरेको छ ।
मार्की खेलाडीलाई १ लाख ५० हजार
यस प्रतियोगिताबाट खेलाडीले खेल्नेमात्रै होइनन्, केही रकम आर्जन पनि गर्नेछन् । क्याटागोरी ‘ए’ मा रहेका मार्की खेलाडीले १ लाख ५० हजार पाउनेछन् । क्याटेगोरी ‘बी’ मा हुनेले १ लाख, क्याटेगोरी ‘सी’ मा हुनेले ५० हजार पाउनेछन् ।
इन्फिनिटी ड्रिम्सले नेपाल भलिबल संघसँग ७ वर्षका लागि सम्झौता गरेको छ । जसअनुसार पहिलो वर्ष संघलाई २५ लाख रुपियाँ दिनेछ । हरेक वर्ष १० प्रतिशतले उक्त रकम वृद्धि हुँदै जानेछ ।

विदेशी खेलाडी
मधेश युनाइटेड
यभ्जेनिया कालिनोभा (काजकस्तान) स्पाइकर
योस्रा जेराम्दिनी (ट्युनिसिया) मिडल ब्लकर
जिनी कोभात साजी (भारत) सेटर
काठमाडौं स्पाइकर्स
एन्ड्रिया स्वेतानोभा (बुल्गेरिया) सेटर
पेलिन एरोक्टे (टर्की) अपोजिट हिटर
फुल्डेन युराल (टर्की) आउट साइड हिटर
ललितपुर क्विन्स
सुताड्ता चुइवुलिम (थाइल्यान्ड) आउट साइड हिटर
पत्राथिप सन्त्राकुन (थाइल्यान्ड) सेटर
वारन्या श्रीलाओङ (थाइल्यान्ड) आउट साइड हिटर
चितवन शक्ति
सूर्या (भारत) मिडल ब्लकर
केपी अनुश्री (भारत) आउट साइड हिटर
अन्ना दिमित्रिभा (रसिया) मिडल ब्लकर
गण्डकी थण्डर्स
एलिसा रुबयुक (रसिया)अपोजिट स्पाइकर
शिल्पा सिन्धु (भारत) मिडल ब्लकर
एकातेरिना जयागिनत्सेवा (रसिया)अपोजिट
जुही शा (भारत) सेटर
कर्णाली यस्विस
गेब्रिएल बेन्डा (अमेरिका) सेटर
एथानासिया लियाकी (ग्रिस) अपोजिट हिटर
जेनेप आउट्रान (टर्की) आउटसाइड हिटर