रोचक तथ्य


– राम्रो संगतले हृदयलाई पनि फाइदा गर्छ।
– आधाभन्दा बढी हड्डी मानिसको हात र खुट्टामा हुने गर्छन्।
– उच्च कोलेस्ट्रोलको संकेत बाहिरी छालाबाटै पत्ता लगाउन सकिन्छ।
– फ्लुको लक्षण देखा परेको संक्रमित व्यक्ति सात दिनसम्म संक्रामक हुन्छ।
– बच्चा जन्मेको तौलले एलर्जीको जोखिम निर्धारण गर्न सक्छ।
– रातो मासुले शरीरको दुर्गन्ध बढाउँछ।
– प्राणीमध्ये मानिसमात्र एक यस्तो प्राणी हो जसको चिउडो हुने गर्छ।
– शारीरिकरूपमा सक्रिय गर्भवती महिलाको बच्चा स्मार्ट हुने गर्छन्।
– जवान हुँदा व्यायाम गर्ने हो भने बुढेसकालमा हड्डी धेरै हदसम्म मजबुत नै रहन सक्छ।
– कामको तनावले टाइप २ मधुमेहको जोखिम बढ्ने गर्छ।
– कुखुराको अण्डामा क्याल्सियम कार्बोनेट हुने गर्छ जसले मानिसका लागि हड्डी बढाउन मद्दत गर्छ।
– कसैलाई धन्यवाद दिने गर्दा मानिसको मुडमा सुधार हुने गरेको पाइएको छ।
– व्यायामको कमीले हुने मानिसको मृत्यु धूमपान गर्दा हुने मृत्यु जति नै संख्यामा हुने गरेको पाइएको छ।