तीन राजनीतिक दलका नेता लण्डन पुगे


काठमाडौं ।

नेपालका तीन वटा राजनीतिक दलका नेताहरू लण्डन पुगेका छन्। उनीहरू लण्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साईन्सले आयोजना गरेको वर्कशप अन स्ट्रेथनिङ्ग ईन्शट्युशन इन कन्फ्लिट एफेक्टेट एन्ड पोस्ट कन्फ्लिट स्टेट्स  विषयक गोष्ठीमा सहभागी हुन लण्डन पुगेका हुन्।

नेपाली कांग्रेसका सह-महामन्त्री  डिना उपाध्याय र कांग्रेस सांसद तथा मुख्य सचिव कृष्णप्रसाद पौडेल लण्डन पुगेका छन् । यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराई , प्रमुख सचेतक महेश बर्तौला , जसपाबाट विनोद पौडेल र अर्जुन थापा पनि सोही कार्यक्रममा सहभागी हुन लण्डन पुगिसकेका छन्।

कांग्रेसका नेता द्वय उपाध्याय र पौडेललाई नेपाल प्रेस युनियन युरोपका अध्यक्ष सञ्जयभक्त कँडेल , जन सम्पर्क समिति युकेका पूर्व सभापति विनोद मोक्तान, एनआएनएका संस्थापक सचिव चिरञ्जीवी ढकाल,नेपाली कांग्रेस यूकेका नेताहरू राजकुमार त्रिपाठी र युवराज सिंह  र पत्रकार देवि गौतम लगायतले लण्डनमा भव्य स्वागत गरेका थिए।