आज यी स्थानमा वर्षाको सम्भावना


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

कोशी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।  आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी  प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।