असोज १४ गते सोमबार, यस्तो छ तपाईंको राशिफल


मेष : समय बलवान् नहुँदा काममा निराश, शोक–सन्ताप, धन हानि, सन्तान–कष्ट हुन सक्छ ।

वृष : तपाईंका लागि दिन त्यति सन्तोषजनक देखिँदैन । अपच, अस्तव्यस्त, दौडधूप, हुन सक्छ ।

मिथुन : शुभ समयको आगमन भएकाले द्रव्य लाभ, मान–सम्मान, उन्नति–प्रगति हुने सम्भावना छ ।

कर्कट : सजग रहनु बेस होला । धन नाश, मानसिक अस्थिरता, असन्तोष, अपव्यय हुन सक्छ ।

सिंह : दिन उत्तम फलदायक छ । धन प्राप्ति, कोसेली प्राप्ति, उत्तम भोजन, कार्य सफल होला ।

कन्या : अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको भय हुन सक्ने भएकाले सतर्क रहनु बेस होला ।

तुला : दिन शुभ भएकाले विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुने देखिन्छ ।

वृश्चिक : दिन बलियो छ । सुख–सन्तोष, कार्य सिद्धि, निरोगिता, काममा सन्तुष्टिको सम्भावना छ ।

धनु : समय अनुकूल नभएकाले राज्यबाट भय, अपयश, व्यापारमा व्यवधान नआउला भन्न सकिन्न ।

मकर : तपाईंका लागि समय अनुकूल नहुँदा रोगको भय, कार्य बाधा, धन हानि, अस्वस्थता हुन सक्छ ।

कुम्भ : दिन बलवान् छ । धन लाभ, समस्याको समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ ।

मीन : शुभ समयको आगमन भएको छ । द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता होला ।