दशैं तिहारको अवसरमा सिभिल मलले ल्यायो विशेष उपहार योजना


काठमाडौं ।

सिभिल मलले दशैँ तिहारका अवसरमा महोत्सव २०८१ को घोषणा गरेको छ । कात्तिक २२ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत ग्राहकले एक हजार रुपैयाँभन्दा बढीको कुनै पनि सामान खरिदमा कुपन पाउनेछन् भने कुपनमार्फत् विभिन्न उपहार जित्न सक्नेछन् ।

महोत्सव ग्राहकलाई विशेष अनुभूति दिन आयोजना गरिएको सिभिल मलले जनाएको छ । सपिङसँगै मनोरञ्जन र उपहार जित्न सकिने अवसर पनि समावेश गरिएको छ ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा बम्पर उपहारमा स्कुटर, हिराको औंठी, घरायसी उपकरण र राउण्ड ट्रिप छुट्टी प्याकेज रहेका सिभिल महलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महोत्सवमा दैनिक उपहारका साथै विभिन्न गिफ्ट हृयाम्परसमेत रहेका छन् ।