स्थानीय सरकारका २२ अधिकार

0
Shares

स्थानीय तहका सरकारलाई घरघरको सरकार पनि भनिन्छ। जनतालाई संघ र प्रदेश सरकारसँग त्यति चासो हुँदैन ।तर, स्थानीय तहको सरकार अर्थात् वडा,नगरपालिका,उपमहानगरपालिका र महानगरपालिकासँग सबैभन्दा बढी चासो हुन्छ। जन्म दर्तादेखि मृत्यु दर्तासम्मका काम स्थानीय सरकारको मातहतमा हुन्छन्।


स्थानीय सरकारमा कार्यकारिणी अधिकार गाउँकार्यपालिका वा नगरकार्यपालिकामा निहित रहेको छ। स्थानीय तहले संविधानको अनुसूची ८ र ९ मा उल्लेख भएबमोजिम आफ्नो काम, कर्तव्य र अधिकारको प्रयोग गर्छन्। गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा गाउँकार्यपालिका र नगरकार्यपालिकामा हुन्छ।


संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय सरकारका काम, कर्तव्य र अधिकार २२ प्रकारका छन्।
संविधानको अनुसूची ८ मा व्यवस्था भएका स्थानीय तहको काम कर्तव्य र अधिकारको एकल सूची
१. नगर प्रहरी
२. सहकारी संस्था
३. एफएम सञ्चालन
४. स्थानीय कर (सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिस्टे«सन शुल्क, सवारीसाधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलन
५. स्थानीय सेवाको व्यवस्थापन
६. स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन
७. स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरू
८. आधारभूत र माध्यमिक शिक्षा
९. आधारभूत स्वास्थ्य र सरसफाइ
१०. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता ११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ
१२. गाउँसभा, नगरसभा, जिल्लासभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
१३. स्थानीय अभिलेख व्यवस्थापन
१४. घरजग्गा धनीपूर्जा वितरण
१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
१६. ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तको व्यवस्थापन
१७. बेरोजगारको तथ्याङ्क सङ्कलन
१८. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
१९. खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक ऊर्जा
२०. विपद् व्यवस्थापन
२१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
२२. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास