बाढी-पहिरो : २० जलविद्युत् आयोजनामा क्षति, कुनमा कति ? ( विवरणसहित)

17.3k
Shares

काठमाडौं ।

बाढी र पहिरोका कारण देशभरि २० जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति भएकाे छ, भने करिव १ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।

माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको छ । बाढीले करिब २५ करोड रुपैयाँ बराबरको क्षति गरेको छ ।

यस्तै पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउँनै लाग्दा पुनः क्षतिग्रस्त भएको छ, भने क्षति विवरण आउन बाँकी छ ।

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु हेडवक्र्समा क्षति, उत्पादन बन्द भएको र क्षति के कति भएको भन्ने विवरण आउन बाँकी छ ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द भएको छ । उक्त बाढीले करिव ५ करोड रुपैयाँ बराबर क्षति पुयाएको छ ।

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम बाँध र प्रसारणलाइनमा क्षति करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको छ ।

फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, बाँध र विद्युतगृह पूणर्रुपमा क्षति भएको छ, भने करिब १० करोड रुपैयाँ बराबर क्षति भएको हो ।

सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, टेलरेस, इन्टेक र टनेलमा क्षति भएको छ, भने करिव २ करोड रुपैयाँ बराबर क्षति भएको हो ।

सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, पहुँचमार्ग र प्रोटेक्सन वालमा क्षति भएको छ, एकिन विवरण आउन बाँकी छ ।

इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, पहुँचमार्गमा ठूलो क्षति भएको छ । क्षति एकिन हुन बाँकी छ ।

माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ, भने करिब १० करोड रुपैयाँ बराबर क्षति भएको छ ।

हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट प्रस्तावित ९।९ मेगावाट, पाँचथर क्रसर पुरिएको, पहुँचमार्गमा क्षति भएको छ । प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ । करिव १० करोड रुपैयाँ बराबर क्षति भएको छ ।

सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ, भने करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको छ ।

सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, पहुँचमार्गमा क्षति करिव ३ करोड रुपैयाँ बराबर क्षति भएको छ ।

लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, पहुँचमार्गमा क्षति भएको छ । करिव ८ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।

सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट ९२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको छ, भने करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति पुर्याको छ भने क्षतिको रकम एकिन हुन बाँकी छ ।

खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएकाे छ । करिब १० करोड रुपैयाँ बराबरको क्षति भएकाे हाे ।

टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद भएकाे छ, भने कारिब १५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएकाे छ ।

माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति पुर्याएकाे छ , यसमा करबि २ करोड रुपैयाँ बराबरको क्षति भएकाे छ ।

२० आयोजना प्रभावित, १५ आयोजनामै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति, अन्यको विवरण आउन बाँकी रहेकाे छ ।