फुटबलप्रेमीहरूले अवलोकन गर्ने एउटा संग्राहलय

क्रिस्टियानो रोनाल्डो म्युजियम

0
Shares

सीआर सेभेन (ऋच् ठ) ले समेत परिचित विश्वप्रसिद्घ पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्राप्त गरेका ट्रफी तथा उनीसँग सम्बन्धित महत्वपूर्ण तस्वीर हेर्नुछ भने सबैभन्दा उपयुक्त स्थान हो, क्रिस्टियानो रोनाल्डो म्युजियम।


रोनाल्डोको जन्मथलो पोर्चुगलको मेडियरा टापूको फुनशालमा सन् २०१३ मा खोलिएका उक्त संग्राहलयमा सन् नब्बेको दशकदेखि शुरू भएका र अहिलेसम्मका रोनाल्डोको खेल जीवनसँग सम्बन्धित महत्वपूर्ण वस्तु प्रर्दशनीमा राखिएको छ। उक्त संग्राहलयमा रोनाल्डोले प्रयोग गर्ने गरेका खेल सामग्रीका साथै उनले खेल जीवनमा प्राप्त गरेका ट्रफी पनि संग्रहित गरिएको छ।

मेडिएरा यस्तो टापू हो, जहाँ रोनाल्डोले आफ्नो बाल्यकालमा फुटबल क्यारियरको शुरूवात गर्ने क्रममा एन्डोरिन्हा फुटबल क्लबबाट खेलेका थिए। उनका बुवा भने सोही क्लबमा काम गर्ने गर्थे।

एन्डोरिन्हा क्लबबाट खेल्ने क्रममा १२ वर्षको कलिलै उमेरमा उनलाई स्पोर्टिङ लिस्बनले खेल्ने मौका दिएको थियो। सर एलेक्स फर्गुसनको इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले उनलाई १८ वर्षको हुँदा आफ्नो क्लबमा अनुबन्धित गरेपछि उनले फुटबल जीवनबाट कहिल्यै पछाडि फर्केर हेर्नु परेन।

रोनाल्डोको जीवन र खेल करियरबारेमा जानकारी लिन यस संग्राहलयमा प्रत्येक वर्ष हजारौं अवलोकनकर्ता आउने गर्छन्। स्थानीय समुदायसँगको सहकार्यमा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको यस संग्राहलयले आगामी दिनमा विशेष प्रदर्शनी र कार्यक्रम आयोजना गर्ने योजना बनाइरहेको छ।
के–के छन् त रोनाल्डो म्युजियममा:
– म्युजियममा रोनाल्डोले जितेका विभिन्न पुरस्कार र ट्रफी
– उनको जीवनी र फुटबल करियरबारेमा जानकारी
– उनका वस्त्र र खेलका सामान
–रोनाल्डोका प्रशंसकरूका लागि विशेष अनुभव हासिल गर्न विभिन्न गतिविधि संचालित
– रोनाल्डोको खेलका उत्कृष्ट क्षणको भिडियो र फोटाहरू