मनाङमा असोजमै हिमपात, जनजीवन प्रभावित


मनाङ ।

 हिमाली जिल्ला मनाङमा असोजमै बेमौसमी हिमपात भएको छ । सामान्यतया पुस-माघ-फागुनमा पर्ने हिमपात यो वर्ष असामान्य रूपमा चाँडो आएको हो । देशका अन्य भागमा अविरल वर्षा भइरहँदा मनाङमा वर्षासँगै हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

हिमपातले मनाङको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँ तथा मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । तिलिचो र थोराङ्ला क्षेत्रमा पनि उल्लेखनीय मात्रामा हिउँ परेको छ ।