असोज १२ गते शनिबार, यस्तो छ तपाईँको राशिफल


मेष: समय त्यति उपयुक्त देखिँदैन । पेट गडबड, परिवारमा विवाद, अनिद्रा, तनाव हुन सक्छ ।

वृष: तपाईंका लागि दिन शुभ फलदायक छ । लाभ, कार्य सफलता, इज्जत–प्रतिष्ठा बढ्न सक्छ ।

मिथुन: सतर्क रहनु बेस हुन्छ । धन हानि, मानसिक तनाव, आँखामा समस्या आउन सक्छ ।

कर्कट: दिन बलवान् देखिन्छ । कार्य सफल, मान–सम्मान, उपहार प्राप्ति, सुख–सन्तोष होला ।

सिंह: सजग रहनुहोस् । समय बलवान् नहुँदा धन हानि, विवाद, स्वास्थ्य समस्या हुन सक्छ ।

कन्या: तपाईंका लागि दिन शुभ भएकाले विविध लाभ, खाद्यपदार्थ प्राप्ति, पारिवारिक सुख होला ।

तुला: शुभ समयको आगमन भएकाले कार्य सिद्धि, लाभ, प्रसन्नता, पैसा प्राप्ति, सुख होला ।

वृश्चिक: समय उपयुक्त देखिँदैन । राज्यका तर्फबाट भय, अपयश, व्यापारिक झमेला आइलाग्ला ।

धनु: दिन अनुकूल नभएकाले रोग, कष्ट, धन हानि, अस्वस्थता, कार्य बाधा नहोला भन्न सकिन्न ।

मकर: समय राम्रो आएको छ । धन लाभ, यश, समस्या समाधान, जीवनसाथीबाट सहयोग होला ।

कुम्भ: तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख हुने देखिन्छ ।

मीन: समय अनुकूल नहुँदा सजग रहनु बेस । कार्य बाधा, धन हानि, स्वास्थ्य समस्या आउन सक्छ ।