विश्व पर्यटन दिवसको अवसरमा पत्रकार सम्मानित 

1.32k
Shares

लमजुङ। 

विश्व पर्यटन दिवसको अवसरमा लमजुङका ४ जना पत्रकार सम्मानित भएका छन्  । फोर के मल्टिमिडियाको आयोजना र बेसीशहर नगरपालिकाको सहयोगमा शुक्रवार बेसीशहरमा आयोजित ४५ औं विश्व पर्यटन दिवसको अवसरमा सम्मान गरिएको हो । 

पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, रेडियो मर्स्याङ्दिका स्टेशन म्यानेजर सन्देश पौडेल,  लमजुङ दर्पण राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत संवाददाता सुनिता भुजेल र राससका लमजुङ संवाददाता जनक  श्रेष्ठलाई सम्मान गरिएको हो । 

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेसीशरह नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल र होटल एसोसिएसन नेपाल लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले दोसल्ला र सम्मानपत्रले  सम्मान गरेका हुन् ।