टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


सर्लाही।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

इन्दुशंरक चिनी मिल अगाडि प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिपरले प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकललाई ठक्कर दिँदा   मोटरसाइकल चालक हरिवन नगरपालिका – ७  घर भएका ४२  वर्षीय  दीपक अधिकारीको  स्थानीय नमुना अस्पतालमा  उपचारको क्रममा ज्यान गएको हो।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।