दुई दशकदेखि विश्व रेकर्ड सुरक्षित राख्न सफल ब्रायन लारा

20.68k
Shares

विश्व रेकर्ड दुई पटक ब्रेक गर्ने पहिलो र एकमात्र क्रिकेटरसमेत हुन् ब्रायन लारा । उनले सन् १९९० र २००० दशकमा क्रिकेटको जगतमा सनसनी मच्चाएका थिए । वेस्ट इन्डिजका लिजेन्ड लारा टेस्ट क्रिकेट इतिहासमा दुई पटक विश्व रेकर्ड ब्रेक गर्ने एकमात्र क्रिकेटर हुन् । टेस्ट क्रिकेटमा लाराको एट्याकिङ ब्याटिङले गर्दा दर्शक उनको ब्याटिङ हेर्न मैदानमै पुग्छन् । उनी जताबाट पनि बाउन्ड्री प्रहार गर्न सक्छन् ।

लाराले सन् १९९४ मा पहिलो पटक इंग्ल्यान्डविरुद्ध ३७५ रन बनाएर उच्चतम् व्यक्तिगत रनको विश्व रेकर्ड राखेका थिए । यो विश्व रेकर्ड सन् २००३ सम्म टिक्यो । सन् २००३ अक्टोबरमा जिम्बावेविरुद्ध टेस्ट खेलमा अस्टे«लियाका म्याथ्यु हेडनले ३८० रन बनाएपछि लाराको विश्व रेकर्ड छायामा परेको थियो । तर, हेडनको यो विश्व रेकर्ड ६ महिनामै लाराले फेरि ब्रेक गरे । लाराले सन् २००४ अप्रिलमा इंग्ल्यान्डविरुद्धको टेस्टमा ४०० रन बनाएर उच्चतम् व्यक्तिगत रनको विश्व रेकर्ड फेरि आफ्नै नाममा फिर्ता ल्याएका थिए । यो विश्व रेकर्ड बनेको २४ वर्ष भइसकेको छ र अहिलेसम्म कोही पनि यो रेकर्ड नजिक पुग्न सकेका छैनन् ।

लाराका रेकर्ड
—सन् १९९३ को जनवरीमा सिडनीमा अस्टे«लियाविरुद्ध २७७ रन बनाएको । यो उनको ५ टेस्टमा पहिलो टेस्ट शतक थियो ।
—सिडनीमा पहिलो शतक बनाएका लाराले उनकी छोरीको नाम सिडनी राखेका थिए ।
—पहिलो श्रेणीको आठ इनिङमा ७ शतक प्रहार गर्ने पहिलो क्रिकेटर ।
—वार्कविकसायरबाट खेलेर सन् १९९४ मा डरहामविरुद्ध ५०१ रनमा नटआउट हुँदै विश्व रेकर्ड राख्न सफल । उनले ३०८ रन बाउन्ड्री (१० छक्का र ६२ चौका) बाट बटुलेका थिए ।
—पहिलो श्रेणीमा पाकिस्तानका हनिफ मोहम्मदले सन् १९५८–५९ मा राखेको ४९९ रनको विश्व रेकर्ड ब्रेक ।
—सन् १९९४ मा इंग्ल्यान्डविरुद्ध टेस्ट खेलमा ३७५ रन बनाएर अर्को विश्व रेकर्ड राख्न सफल । सन् १९५८ मा वेस्ट इन्डिजका गेरी सोबर्सले पाकिस्तानविरुद्ध टेस्ट खेलमा बनाएको ३६५ रन नटआउटको विश्व रेकर्ड ब्रेक ।
—सन् २००४ मा ४०० रनमा नटआउट हुँदै हेडनको विश्व रेकर्ड फेरि आफ्नै नाममा लेखाउन सफल ।
—टेस्ट इतिहासमा ४०० रन र पहिलो श्रेणीमा ५०० रन बनाउने उनी विश्वका एक्लो क्रिकेटर हुन् ।
—टेस्ट इतिहासमा ३५० रन दुई पटक कटाउने हालसम्म एक्लो क्रिकेटर ।

लाराको रन
फरम्याट म्याच इनिङ रन शतक अर्धशतक उच्चतम्
वानडे २९९ २९९ १०४०५ १९ ६३ १६९
टेस्ट १३१ २३२ ११९५३ ३४ ४८ ४००
टी २० ३ ३ ९९ ० १ ६५
पहिलो श्रेणी २६१ ४४० २२१५६ ६५ ८८ ५०१