चिनीमा कृत्रिम अभाव र कालोबजारी बढ्दै

1.41k
Shares

काठमाडौं ।

चिनीमा कृत्रिम अभाव र कालोबजारी फस्टाउँदै गएको छ । मुख्य चाड नजिकिँदै गर्दा सरकारले भन्सार छुटमा ल्याउन अनुमति दिएको चिनी दशैँअघि आउने वानआउने अनिश्चित भएसँगै कृत्रिम अभाव र कालोबजारी बढ्ने देखिएको हो ।

गतभदौ २४ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १५-१५ हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिएका कारण मुख्य चाड दशैं तथा तिहारमा चिनीको अभाव देखिने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले सरकारले निर्णय गरेको १५ हजार मेट्रिक टनको कोटा सकिएका कारण खाद्य कम्पनी ५ हजार ४ सय मेट्रिक टन मात्र चिनी आयात गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।

तर, दशैं आगाडि आउँछ वाआउँदैन भन्ने विषयमा भने उहाँले स्पष्ट जवाफ दिनु भएन । उहाँले यसो भनिरहँदा सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय हचुवाको भरमा ढिलो गरिँदा समस्याआएको छ । चिनीको कोटा कति बाँकी रहेको छ भन्ने थाहा नपाई गरिने मन्त्रि परिषद्का यस्ता निर्णयले सरकारको विश्व सनियतामा शंका उत्पन्न भएको उपभोक्ता वादीहरूले बताएका छन् ।

उपभोक्तावादी माधव तिमल्सिनाले सरकारले थाहा पाएर नै चिनी ढिलो ल्याउन अनुमति दिएको आरोप लगाउनुभयो ।
स्रोतकाअनुसार उद्योग वाणिज्य तथाआपूर्ति मन्त्रालयले चिनी आयात गर्ने अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरे पनि हालसम्म परराष्ट्र मन्त्रालयले स्वीकृति नदिए छैन ।

जसले गर्दा यसपालीको चाडपर्वमा पनि उपभोक्ताले महँगोमा चिनी खरिद गर्नुपर्ने भएको छ । सामान्य तया टेन्डर आह्वान गरेको सात दिनभित्र स्वीकृति प्राप्त हुन्छ । स्वीकृति पाए २ हप्तामा चिनी आइ पुग्छ । ग्लोबल टेन्डरमार्फत स्वीकृति प्राप्त भयो भने पनि दशैं अघि चिनी आउने टुंगो नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

वणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी डिकबहादुर कार्कीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ वटा कम्पनीलाई चिनी आयात गर्न अनुमति दिए पनि अहिले ३ वटा कम्पनीले मात्र चिनी ल्याएर बेचिरहेको बताउनुभयो । पुरानो कोटा सकिएपछि नयाँ कोटा अनुसारमात्र चिनी आयात हुने बताउनुभयो ।

चिनीमा मूल्यवृद्धि गर्ने प्रपञ्ज निजी कम्पनीलाई दिइएको चिनी आयात कोटा रद्ध गरेर साल्ट र खाद्य कम्पनीलाई आयात गर्न दिनेदेखि नै कालो बजारी गर्न सहज गरिएको उपभोक्तावादीहरूले बताएका छन् । सरकारी निकायले भन्सार छुटबाट ल्याइ जनतालाई सुलभ मूल्यमा बिक्री गर्नु राम्रो कदम भए पनि द्रुत चिनी आयात गर्न नसक्नु कतै चाडबाडका बेला मूल्य वृद्धि र कृत्रिम अभाव हुने हो कीभन्ने चिन्ता उपभोक्ताको छ ।

चिनीमा विगतदेखि अनेक चलखेल हुने गरेको छ । साल्ट ट्रेडिङ र खाद्यकम्पनीले समयमै चिनी आयात गरी बजार सहज बनाउनुपर्नेमा ढिला स्वीकृति दिने र मूल्य बढाउने प्रपञ्ज पहिल ेदेखिकै भएको उपभोक्तावादीको भनाइ छ । गत वर्षजस्तै यस वर्ष पनि साल्ट ट्रेडिङ र खाद्यले चिनी ल्याउन नसके चिनीको मूल्य बढ्ने भएको छ ।