खराब मौसमका कारण यति एयरलाइन्सको विमान ‘डाइभर्ट’


काठमाडौं ।

काठमाडौंबाट विराटनगरका लागि उडेको यति एयरलाइन्सको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ।

खराब मौसम तथा कम भिजिबिलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।