टेनिस इतिहासमा सबैभन्दा लामो म्याच


लनटेनिसको इतिहासमा सबैभन्दा लामो म्याच सन् २०१० विम्बल्डन प्रतियोगितामा भएको थियो । जसमा, अमेरिकाका जोन इस्नरले फ्रान्सका निकोलास माहुतलाई हराउन ११ घण्टा ५ मिनेटको समय लागको थियो । यो खेल विम्बल्डनको पहिलो राउन्डमा भएको थियो ।

लन्डनस्थित कोर्ट नं. १८ मा भएको यो खेलमा दुवै खेलाडीले तीन दिन लगातार खेले । जुन २२ मा खेलिएको खेल जुन २४ बिहीबार सकिएको थियो । जबकी एउटा सामान्य खेल बढी चले ३ घण्टा चल्छ । तर, यो खेल यति लम्बियो कि यसले इतिहास नै रच्यो ।

पहिलो दिन

२२ जुन मंगलबारको दिन इस्नर २–१ सेटले पछि थिए । उनले चौथो सेट जितेर खेललाई निर्णायक सेटतिर पु¥याए । समय धेरै खर्चिएको र प्रकाश कम भएकाले आँखाले पनि कम देख्न थालेपछि हुँदा चेयर अम्पायरले यो खेल स्थगित गर्नुपरेको थियो । पहिलो दिन ३ घण्टा बढी समय खेलिएको थियो । लन्डनको स्थानीय समयअनुसार ९ः१० राति खेल रोकिएको थियो ।

दोस्रो दिन

दोस्रो दिन यानि २३ जुन बुधबार निर्णायक सेट शुरू गरियो । इस्नर र माहुतले लगातार जित्दै जाँदा यो दिन ३२–३२ ले बराबरीमा पुग्यो । इस्नरले दुई म्याच प्वाइन्ट पाएपछि जित्ने संकेत देखाएका थिए तर, फ्रेन्च क्वालिफायर माहुतले यो सेट बराबरीमा पु¥याइदिँदा नतिजाको अटोपटो नै भएन । खेल ३३–३३ सेट बराबरीमा पुग्यो । यो रोमाञ्चक खेल हेर्न दर्शकको संख्या बढ्दै गएको थियो ।

दोस्रो दिन खेल १ सय गेम खेलिसकेको थियो । दुवै जना ५०–५० सेट बराबरीमा थिए । ५९–५९ बराबरीमा पुगेपछि अँध्यारो हुँदै आयो र खेल रोकिनुप¥यो । दोस्रो दिनको खेल सकिन्जेल १० घण्टा समय क्रस भइसकेको थियो ।
यसले पछिल्लो लामो खेललाई धेरै पछि पारेको थियो । सन् २००४ को फ्रेन्च ओपनको पहिलो राउन्डमा ६ घण्टा ३३ मिनेट लामो खेल भएको थियो । इस्नर र माहुतले इतिहास रच्नुअघि यो खेल टेनिसको इतिहासमा सबैभन्दा लामो खेल थियो । यो खेलमा फ्राब्रिक सान्तोरो र अर्नाउद क्लेमेन्टले खेलेका थिए । तर, यो खेल सन् २०१८ सम्म आइपुग्दा टेनिसको इतिहासमा तेस्रो लामो खेलमा झ¥यो ।
तेस्रो दिन
तेस्रो दिन इस्नरले माहुतको सर्भिस १३८ आंै गेममा ब्रेक गरेर खेल जितेका थिए । यसअघि ५९–५९ बराबरी गेमबाट खेल शुरू गरिएको थियो । जसमा ६८–६८ गेम बराबरीमा पुगेको थियो । १३७ औं गेममा आफ्नो सर्भिस बचाउँदै इस्नरले ६९–६८ को अग्रता बनाए । यसपछि माहुतको सर्भिस बे्रक गरेपछि इस्नरले ऐतिहासिक खेलमा ६–४, ३–६, ६–७, ७–६, ७०–६८ ले जित दर्ता गरेका थिए । यतिबेलासम्म कोर्टको घडीले ११ घण्टा ५ मिनेट खेलेको देखाएको थियो । जसमा, पाँचौं सेट ८ घण्टाभन्दा बढी चलेको थियो ।

केही तथ्यः
—टेनिस इतिहासको दोस्रो लामो खेलमा पनि अमेरिकी खेलाडी इस्नरको संलग्नता रह्यो ।
—सन् २०१८ को विम्बल्डनमा इस्नर दक्षिण अफ्रिकाका केभिन एन्डरसनसँग पराजित भएको खेल ६ घण्टा ३६ मिनेटसम्म चलेको थियो । निर्णायक सेट २६–२४ ले एन्डरसनले जितेका थिए ।
—यस्तो नतिजापछि विम्बल्डनमा पुरुषतर्फ निर्णायक सेट अर्थात् पाँचौं सेट तथा महिलातर्फ तेस्रो सेटमा १२–१२ गेम बराबरी भएपछि टाइब्रेक हुने नियम लागु गरिएको हो ।
—अस्टे«लियन ओपनमा भने सन् २०१९ देखि नै यो नियम लागु गरिएको हो । जसअनुसार ६–६ गेम बराबरी भएपछि टाइब्रेकरबाट नतिजा निकालिन्छ ।