अमेरिकामा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो।

‘संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखि आज आयोजना हुने बृहत् कार्यक्रम स्थगत गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

सहकारी प्रकरणमा रवि लामिछानेलाई सरकारले पक्राउको तयारी गरिरहेको बेला कार्यक्रममा उनका समर्थकले गर्नसक्ने सम्भावित विरोधका कारण कार्यक्रम स्थगित भएको बुझिएको छ।