क्यानडासँग फेरि हार्‍यो नेपाल


काठमाडौं ।

नेपाल आईसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ।  गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो। यस सिरिजमा नेपालको ब्याटिङ लगातार फ्लप हुँदै आएको छ।

नेपालले आफ्ना शीर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो। यो जित पछि क्यानडा लिग-२ को अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। क्यानडाको ११ खेलमा १४ अङ्क भएको छ। त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अङ्क हासिल गरेको छ।