असोज ६ गते आइतबार, यस्तो छ तपाईंको राशिफल


मेष : दिउँसोसम्म भाग्योदय, कार्य सफल, सुख–सन्तोष हुनेछ । त्यसपछि भने कष्ट होला ।

वृष : दिउँसोसम्म चोटपटकको भय छ तर त्यसपछि भने शुभ छ, उत्तम भोजन मिल्ला ।

मिथुन : उत्तम भोजन, पैसा प्राप्ति होला । दिउँसोदेखि रोगव्याधि, तनाव झेल्नुपर्ने हुन सक्छ ।

कर्कट : दिन शुभ छ । निरोगिता, शान्ति, केही प्राप्ति, परिवारबाट सुख–सन्तोष होला ।

सिंह : शुरुमा राज्यभय, अपयश भए पनि दिउँसोदेखि सुख–शान्ति, कार्य सफल हुने देखिन्छ ।

कन्या : दिन त्यति शुभ छैन । अस्वस्थता, काममा बाधा, कष्ट, राज्यभयको सम्भावना छ ।

तुला : समस्याको समाधान, धन लाभ हुनेछ । दिउँसोबाट भने कष्ट नहोला भन्न सकिन्न ।

वृश्चिक : दिन शुभ छ । धन लाभ, परीक्षा प्रतियोगितामा सफलता, स्वास्थ्य लाभ, विजय होला ।

धनु : पूर्वाह्न शोक–सन्ताप, पेटमा समस्या भए पनि दिउँसोदेखि स्वास्थ्यमा लाभ, सन्तोष हुनेछ ।

मकर : विवाद, अनुपलब्धिमूलक दौडधूप, दिनचर्या अस्तव्यस्त, धन हानिको सम्भावना छ ।

कुम्भ : मान–सम्मान, प्रसन्नता, धन लाभ हुने देखिन्छ तर दिउँसोबाट विवाद नहोला भन्न सकिन्न ।

मीन : दिनको शुरुवातमा धन नाश, नेत्र विकार, अस्थिरता भए पनि बेलुकाको समय शुभ छ ।