भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा


ललितपुर ।

ललितपुर महानगरपालिका–२१ खोकना सिकालीमर्गमा भैंसेपाटी स्पोट्र्स एकेडेमीको शुरुवात गरिएको छ। एकेडेमीको प्राङ्गणमा एकेडेमीको उद्घाटन गरिएको हो । एकेकेमीमा ब्याडमिन्टन, सौना, स्टिम लगायत सुबिधा उपलब्ध छ।

एकेडेमीको महानगरका वडा नम्बर १८ का वडाध्यक्ष दामोदर खड्का, २१ का वडाध्यक्ष रवीन्द्र महर्जन र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको एकेडेमीमा २ वटा ब्याडमिण्टन कोर्ट रहेका छन् । कोर्टभित्र फिटनेशका विभिन्न सामाग्री राखिएको छ।

कोर्टमा आवश्यकता अनुसार टेबल टेनिसको बोर्ड हालेर प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने एकेडेमीका अध्यक्ष मिलन थापाले जानकारी दिनुभयो। सैंबु, भैसेपाटी, बुंगमति र खोकना क्षेत्रका वासिन्दा र विद्यालयलाई लक्षित गरी एकेडेमीको शुरुवात गरेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो–यहाँ हामीमात्र खेल्दैनौ, युवापुस्ता र स्कुले वालबालिकालाई समेत प्रशिक्षण गर्न मिल्ने गरी सपोर्टस एकेडेमी सञ्चालन गरेको बताउनुभयो। हालको संचनासंगै निकट भविष्यमा स्वीमिङ पुल बनाउने तयारीमा छौ–अध्यक्ष थापाको भनाई थियो।

पैसा कमाउने उद्देश्यले नभै सबै व्यक्तिलाई स्वस्थ बनाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमी खोलिएको जानकारी दिनुभयो । करिब ६ महिनामा अवधिमा तयार भएको एकेडेमी सो क्षेत्रको सबभन्दा ठुलो हो । २ करोड ५० लाखको लगानीमा एकेडेमीको हल, कोर्ट, पार्किङ निर्माण भएको छ । अब करिब साढे २ करोड लगानीमा स्वीमिङपुल निर्माण गर्ने तयारीमा रहेको अध्यक्ष थापाको भनाई छ ।

कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी कुमार मोहनबहादुर शाहीले पेट घटाउने खेलका रूपमा मात्र ब्याडमिण्टन नभई नयाँ खेलाडी उत्पादनमा पनि एकेडेमीले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले बुढाले खेल्नेमात्र हुन थालेको यस खेलमा युवालाई समेत आकर्षण गर्न योजना ल्याउनुपर्ने बताउनुभयो । भन्नुभयो–म भैसेपाटीको स्थानीयवासी हुँ । यहाँका अधिकांस ब्यामिन्टन खेलाडी ४० नाघेका छन्, कतै युवा र वालपुस्ता देखिन–उहाँको गुनासो थियो ।

हामीले अब युवा लक्षित खेलकुद सञ्चालन गरेमात्र जनता वडा को परिकल्पना गर्नसक्ने उहाँको भनाई थियो । एकेडेमीलाई साच्चिकै एकेडेमीको रुपमा विकास गर्नुपर्ने उहाको भनाई थियो । उहाले यस कोर्ट अन्तराष्ट्रिय स्तरको सबै मापदण्ड पुरा भएकोमा प्रशंसा गर्नुभयो ।

नेपाल ब्याडमिण्टन संघका अध्यक्ष रामजीप्रसाद श्रेष्ठलेब्याडमिण्टनका प्रतियोगिता गर्दा र खेलाडी छनोट गर्दा एकेडेमीसँगको सहकार्यलाई पनि प्राथमिकता दिने वचन दिनुभयो । उहाले यस एकेडेमीबाट उपलब्ध खेलाडीलाई रेफ्रीको रुपामा तालिम दिन संघ तयार रहेको जानकारी दिनुभयो । उहाँले एकेडेमीमा विद्यालयका वालवालिका र युवा लक्षित तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाहीले नेपालको ब्याडमिण्टन विकासका लागि यो एकेडेमी कोसेढुङ्गा सावित हुने बताउनुभयो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले सो क्षेत्रमा स्पोर्टस एकेडेमी सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

स्थानीय मिलन थापा लगायत टिमले शुरु गरेको यो एकेडेमी सबैको साझा भएको बताउदै भन्नुभयो–यस एकेडेमीमा वडाले विद्यालय लक्षित प्रशिक्षण संचालन गर्नेछौ । ४५ नाघेकाले मात्रै खेल्नेजस्तो भएको यस खेललाई वालमैत्री र युवामैत्री बनाउनेछौ । ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रविन्द्र महर्जनले आफ्नो वडामा एकेडेमी सञ्चालन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले एमेडेमीलाई आफु र वडावासीको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा शेयर सदस्य गणेश ज्ञवालीले ३ करोड ५० लाख रुपिया लागतमा निर्माण भएको एकेडेमीमा स्टिम,सौना, ब्याडमिन्टन, क्रसबार, जिमका विभिन्न खेल सामाग्री राखिएको बताउनुभयो। उहाले सबै संरचना अन्तराष्ट्रिय स्तरको भएको जानकारी दिदै भविश्यमा विभिन्न प्रकारको तालिम सञ्चालन गनेृ बताउनुभयो।

कार्यक्रममा शेयर सदस्य एवं क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँबरले एकेडेमीलाई उच्च स्तरको खेलकुदको विकास गर्न तयार भएको बताउनुभयो । एकेडेमीमा १३ जना शेयर सदस्य रहेका छन्।