असोज ४ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल


मेष : बिहान सामान्य समस्या आइलाग्न सक्छ । त्यसपछि भाग्योदय धन लाभको सम्भावना छ ।

वृष : बिहान मिष्ठान्न भोजन, लाभ होला । त्यसपछि भने अनावश्यक खर्च, विवाद हुन सक्छ ।

मिथुन : समय शुभ फल दिने भएकाले कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, लाभ हुने देखिन्छ ।

कर्कट : बिहान शुरुमा राज्यबाट भय हुन सक्छ । त्यसपछि भने सुख–शान्ति हुने देखिन्छ ।

सिंह : दिन अनुकूल नहुँदा कार्यमा बाधा, धन हानि, असफलता, राजनीतिमा विवाद हुन सक्छ ।

कन्या : बिहानको समय धन लाभ, यश वृद्धि हुन सक्छ । त्यसपछि भने बाधा–व्यवधान होला ।

तुला : समय शुभ छ । स्वास्थ्य लाभ, धन लाभ, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष हुने देखिन्छ ।

वृश्चिक : बिहानको शुरुवातमा शोक–कष्ट भए पनि त्यसपछिको समयमा लाभ, सुख–सन्तोष होला ।

धनु : दिन शुभ फलदायक देखिँदैन । पेटको समस्या, पारिवारिक विवाद, शोक–सन्ताप हुन सक्छ ।

मकर : बिहान शुरुमा लाभ, सम्मान भए पनि त्यसपछिको समय अस्तव्यस्त, तनाव हुन सक्छ ।

कुम्भ : बिहान मन चञ्चल, खर्च होला । त्यसपछि भने प्रसन्नता, मान–सम्मानको सम्भावना छ ।

मीन : शुरुमा सफलता, लाभ भए पनि दिनभर अनावश्यक खर्च, मन अस्थिर नहोला भन्न सकिन्न ।