फिफा विश्वकपमा थुप्रै खेलाडीले गोल गरेका छन् । सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणमा फ्रान्सका लुसिएन्ट लौरेन्टले पहिलो गोल गरेयता १२ सय जनाभन्दा बढी फुटबलरले विश्वकप गोलमा आफ्नो नाम लेखाइसकेका छन् । जसमध्ये हालसम्म १० भन्दा बढी गोल गर्ने खेलाडी जम्मा ९ जनामात्रै रहेका छन् ।
जसमध्येका तीन खेलाडी जर्मनीका छन् । त्यस्तै सर्वाधिक ५ पटक विश्वकप जितेका ब्राजिल र दुई पटकका विश्वकप च्याम्पियन फ्रान्सका दुईजना, अर्जेन्टिना र हंगेरीका एकएक खेलाडीले १० भन्दा बढी गोल गरेका छन् । विश्वकपमा १६ गोल गरेका मिरोस्लाभ क्लोज भने विश्वकपकै सर्वाधिक गोलकर्ता हुन् ।
सन् २०१४ को ब्राजिलमा सम्पन्न फिफा विश्वकपमा व्यक्तिगत गोल संख्या १६ पु¥याएसँगै जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोज विश्वकपका सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले सन २००२ देखि २०१४ सम्म गरी चारवटा विश्वकपमा कुल १६ गोल गरेका हुन् । सन २००२ को दक्षिण कोरिया र जापानले संयुक्तरूपमा आयोजना गरेको विश्वकपमा उनले ५ गोल गरेका थिए । ती सबै गोल उनले हेडमार्फत् गरेका थिए ।
उक्त विश्वकपको समूह चरणअन्तर्गत जुन १ मा जर्मनीले साउदी अरेबियालाई ८–० ले पराजित गर्दा उनले ह्याट्रिक गरेका थिए । त्यस्तै, रिपब्लिक अपÞm आयरल्यान्ड र क्यामरूनविरुद्ध पनि उनले समान एक–एक गोलको योगदान गरेका थिए ।
त्यसैगरी सन २००६ को विश्वकपमा पनि उनले आफ्नो गोल संख्या ५ नै पु¥याएका थिए । समूह चरणको खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ ले हराउँदा उनले आफ्नो नाममा दुई गोल लेखाएका थिए ।
त्यस्तै, इक्वेडरविरुद्ध समूहको अन्तिम खेलमा पनि उनले दुई गोल गरेपछि जर्मनी ३–० ले विजयी भएको थियो । क्वाटरफाइनलमा अर्जेन्टिना १–० ले अग्रता लिँदा क्लोजले नै खेलको ८० औं मिनेटमा हेडमार्फत बराबरी गोल फर्काएका थिए ।
सन् २०१० को विश्वकपमा पनि उनले ४ गोलको योगदान गर्दै विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १४ पु¥याएका थिए । समूह चरणमा जर्मनीले अस्ट्रेलियालाई ४–० ले हराउँदा उनले एक गोल गरेका थिए । त्यसपछि अन्तिम १६ को खेलमा जर्मनीले इंग्ल्यान्डलाई ४–१ ले हराउँदा उनले एक गोल आफ्नो नाममा लेखाएका थिए । त्यस्तै, क्वार्टरफाइनलमा अर्जेन्टिनाको चुनौती ४–० ले समाप्त पार्दा पनि उनले दुई गोल गरेका थिए ।
क्लोजको करियरको चौथो विश्वकप अर्थात सन् २०१४ को ब्राजिल विश्वकपमा उनले थप दुई गोल गरेका थिए । घानाविरुद्ध २–२ गोलको बराबरीमा खेल टुगिँदा उनले एक गोल गरेका थिए । त्यस्तै, सेमिफाइनलमा आयोजक ब्राजिलविरुद्ध कीर्तिमानी ७–१ को जित निकाल्दा खेलको २३औं मिनेटमा गोल गर्दै उनी विश्वकपको इतिहासमा सर्वाधिक १६ गोल गर्ने पहिलो खेलाडी बने, जुन अहिलेसम्म कायमै छ ।
दुईभन्दा बढी फिफा विश्वकपमा गोल गर्ने १० खेलाडी:
पेले (ब्राजिल)–सन् १९५८, १९६२, र १९६६
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)– सन् २००६, २०१०, २०१४, र २०१८
लियोनेल मेस्सी (अर्जेन्टिना)– सन् २०१०, २०१४, २०१८, र २०२२
मिरोस्लाव क्लोसे (जर्मनी)– सन् २००२, २००६, २०१०, र २०१४
थिअरी हेनरी (फ्रान्स)– सन् १९९८, २००२, र २००६
एउजेनियो लेभिन्हो (ब्राजिल)– सन् १९३८, १९५०, र १९५४
उल्फङ्गर माटेउस (जर्मनी)– सन १९८२, १९८६, १९९०, र १९९४
डिएगो म्याराडोना (अर्जेन्टिना)– सन् १९८२, १९८६, र १९९०
जुसेप मिआजÞा (इटाली)– सन् १९३४, १९३८, र १९५०
फ्रैन्क राइकार्ड (नेदरल्यान्ड्स)–सन् १९८६, १९९०,
प्रतिक्रिया