मिलानमाथि लिभरपुलको सहज जित


काठमाडौं ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले विजयी शुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा लिभरपुलले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा इब्राहिम कोन्टे, भर्गिल भान डाइक र डोमिनिक स्जोबोस्जलाईले एक एक गोल गरेका थिए। त्यस्तै मिलानका लागि एक गोल क्रिस्टियन पुलिसिकले एक गोल गरेका थिए।

अब लिभरपुलले अर्को खेल अक्टोबर ३ मा बोलोंग्नासँग खेल्ने तालिका रहेको छ भने एसी मिलानले अब अर्को खेल अक्टोबर २ मा बायर लिभरकुसनसँग खेल्ने तालिका रहेको छ।