मस्कले बाइडेन र ह्यारिस बारेको स्ट्याटस किन हटाए ?


काठमाडौँ ।

एलोन मस्कले एक्समा पोस्ट गरेको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बारेको स्ट्याटस हटाएको विषय विवादित बनेको छ ।

मस्कले आफ्नो एक पोष्टमा राष्ट्रपति बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्ने प्रयास कसैले गर्न नसक्ने लेखेका थिए । तर, पछि मस्कले आफ्नो सो पोस्ट हटाउँदै यो मजाक मात्र भएको बताएका थिए ।

अमेरिकी गुप्तचर सेवाले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा एलोन मस्कको पोष्टबारे आफूलाई जानकारी रहेको बताएको छ ।

पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको खबरपछि मस्कले आइतबार यो पोस्ट गरेका थिए । मस्क ट्रम्पका कट्टर समर्थक हुन् र ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको चुनाव जितेमा उनलाई ट्रम्पले सरकारी दक्षता आयोगको जिम्मेवारी सुम्पिने आश्वासन दिएका छन् ।

मस्कको पोस्ट बारे प्रयोगकर्ताहरूले आलोचना पनि गरेका छन् । यसबाहेक, ह्वाइट हाउसले मस्कको पोस्टको बारे टिप्पणी गर्दै यस्तो बयान दिनु गैरजिम्मेवारपूर्ण भएको बताएको छ ।