विवेक नेपालका पहिलो फिडेमास्टर बने


काठमाडौं ।

नेपालका चेस खेलाडी विवेक थिङले ओलम्पिक रिङ एक्सपो क्लासिक चेस च्याम्पियनसिपमा २३०० रेटिङ बटुल्दै फिडेमास्टर बनेका छन्। व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पुर्‍याएर विवेक पर्फोमेन्सका आधारमा नेपालकै पहिलो फिडेमास्टर बनेका हुन् ।

हंगेरीमा सञ्चालन भइरहेको प्रतियोगितामा विवेकले एकल अग्रता कायम राखेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले चौथो चरणको खेलमा दोश्रो वरियताका २२७८ रेटेड हंगेरीयन अन्तर्राष्ट्रिय मास्टर टर्जु अटिलालाई पराजित गरेका थिए ।
प्रतियोगितामा नेपालका उच्च रेटेड खेलाडी विवेक शीर्ष वरियतामा रहेका छन्।

विश्वका ११ राष्ट्र सहभागी प्रतियोगितामा चौथो चरण सम्म २६ अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतिस्पर्धामा रहेका छन् । विवेकले पहिलो चरणमा जर्मनका हाहन निक्लासलाई, दोश्रो चरणमा हंगेरीका बाकी बेन्स र तेश्रो चरणको खेलमा अर्का हंगेरियन २११९ रेटेड अन्तर्राष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई हाराएका थिए ।

स्पर्धामा ४ चरणको खेल सकिदा सम्म विवेक थिङले सत प्रतिशत जित निकाल्दै ४ अंक जोडेका छन् । दोश्रो स्थानका ३.५ अंक प्राप्त इटालिका २०७० रेटेड ला बार्बेरा मानफ्रेडिसँग विवेकले पाँचौ चरणमा प्रतिस्पर्धा गर्नेछन्