काठमाडौं ।
काठमाडौंबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या भएपछि ट्याक्सी वे मै रोकिएको छ। जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरु पनि प्रभावित भएको छ।
भरतपुर जान लागेको जहाज ह्विल लकमा समस्या भएपछि ट्याक्सी वेमा रोकिएको हो। जहाजमा समस्या आएपछि विमानबाट यात्रुहरुलाई ओरालिएको छ।
आज बिहान भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल कार्यालयले बताएको छ।
प्रतिक्रिया