मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा


काठमाडौँ ।

अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । 

उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए । 

उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’