म्यानचेस्टर सिटीको लगातार चौथो जित


काठमाडौं ।

म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगमा लगातार चौथो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले दुवै गोल गरेका थिए।

उनले यस सिजनका चार खेलमा ९ गोल गरिसकेका छन् । त्यस्तै ब्रेन्टफोर्डका लागि योआने विसाले एक गोल गरेका थिए। खेलको पहिलो मिनेटमा नै गोल गरेर सिटीविरुद्ध अग्रता लिएको ब्रेन्टफोर्डले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो।

यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा १२ अंक भएको छ र लिगको शीर्ष स्थानमा रहेको छ। त्यस्तै ब्रेन्टफोर्डको भने ४ खेलमा ६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ।