भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी


काठमाडौं ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सिसिडाडलाई २-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए। दुवै गोल पेनाल्टीबाट भएका थिए। यो जितपछि रियल म्याड्रिडको ५ खेलमा ११ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ।

त्यस्तै रियल सोसीडाडको भने यस सिजनमा यो तेस्रो हार हो। ५ खेलमा ४ अंक रहेको सोसीडाड १६औं स्थानमा झरेको छ।